•   Tuesday, 17 Sep, 2024

भारतमा सुरुङभित्र फसेका ४१ मजदुरको सकुशल उद्दार

this
Generic placeholder image
  

१२ मंसिर, काठमाडौं । भारतको उत्तर काशीस्थित निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरको १७ औं दिनमा उद्दार गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार मंगलबार साँझ सबै मजदुरलाई सकुशल बाहिर निकालिएको छ ।

१२ नोभेम्बरमा सुरुङको एउटा भाग खसेपछि ४१ जना मजदुर सुरुङभित्रै थुनिएका थिए । उनीहरुका लागि स्टिल पाइपबाट खाना र पानी पुर्‍याइएको थियो ।

त्यसपछि ८०० एमएमको स्टिल पाइप राखेर मजदुरहरुको उद्दार गर्ने प्रयास भएको थियो । त्यसक्रममा करिव ४५ मिटरसम्म स्टिल पाइप राखेपछि अवरोध आएको थियो ।

समाचारमा जनाएअनुसार २४ नोभेम्बरमा म्यानुअल ड्रिलिङ सुरु गरिएको थियो र मंगलबार सबैको उद्दार भयो ।


Source: Online Khabar
Comment As:

Comment (0)