•   Sunday, 08 Sep, 2024

राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त

this
Generic placeholder image
  

१३ मंसिर, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तामाङ दक्षिण अफ्रिकाका लागि र सुवेदी स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।


Source: Online Khabar
Comment As:

Comment (0)