•   Monday, 21 Oct, 2024

चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि १२ जना प्रारम्भिक छनोटमा

this
Generic placeholder image
  

१७ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट)मा परेको छ ।

आयोगको नाम सिफारसि समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई सर्ट लिष्ट गरेको हो । सर्ट लिस्टमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ ।

सर्ट लिस्टमा पर्नेमा डा. कृष्ण सागर शर्मा, प्रा.डा गुरुप्रसाद खनाल, प्रा.डा दिनेश कुमार लम्साल, डा. भिमसिंह तिकरी, प्रा.डा वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, .प्रा.डा सरला श्रेष्ठ छन् ।

त्यसैगरी, प्रा.डा. सुजन बाबु मरहट्टा, प्रा.डा. सुदिप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयं प्रकाश पण्डित, हरिप्रसाद बस्याल सर्ट लिस्टमा परेका छन् ।

प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन् । निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो ।

समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ ।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल छन् भने समितिमा प्रा.डा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन् ।


Source: Online Khabar
Comment As:

Comment (0)