•   Monday, 21 Oct, 2024

धनुषामा एक महिलाको शंकास्पद मृत्यु

this
Generic placeholder image
  

१७ मंसिर, जनकपुरधाम । धनुषाको सबैला गाउँपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ ।

स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जा अवाका अनुसार महिलाको मृत्युबारे अनुसन्धान सुरु भएको छ ।


Source: Online Khabar
Comment As:

Comment (0)