•   Monday, 21 Oct, 2024

बानेश्वरमा देउडा गाउने जुम्लाकी सीपकली

this
Generic placeholder image
  

१७ मंसिर, काठमाडौं । ‘घर मेरो जुम्ला सिंजा गाउँपालिका, बालबालिका मर्या…. युवा बुढा साना बालबालिका’ । शनिबार काठमाडौंको बानेश्वर सेन्टर महलमा जुम्लाकी सीपकली बुढाले एकाएक सुनाउन थालेको देउडा भाकाको सुरूवाती लाइन हो यो ।

सेन्ट जेभियर्समा समाजसेवा अध्ययनरत विद्यार्थीहरुहरुले ‘जाडोमा न्यानो कपडा’ भन्ने कार्यक्रम अन्तर्गत चन्दा उठाउन जुत्ता पालिस गर्ने, गीत गाउने लगायतका काम गरिरहेका थिए । सोही बेला गीत गाउन आग्रह गर्दै हातले बुनेका कपडाहरु बेच्दै हिँडेकी सीपकली बुढाले देउडा मार्फत जाजरकोट भूकम्पले दिएको पीडा सुनाइन् ।

जुम्लाको सिंजा गाउँपालिका निवासी सिपकली बुढाले गीतमा भूकम्पको कारणले महिला, बालबालिकाको ज्यान गएको भन्दै क्षतिबारे भनिन् । आफ्नै सामुन्नेमा यति धेरै मान्छे मारिएको देख्दा कस्तो लाग्यो भन्ने अर्थ आउनेगरी शब्दहरुलाई लयमा सुनाउँदा उनी आफैं भावुक थिइन् । उनले जाजरकोट र बारकोटमा धेरै क्षति भएको सुनाइन् ।

सामान्य पहिरनमा रहेकी सीपकलीको गीत सुनेर महलमा आएका र सेन्ट जेभियर्सका विद्यार्थी छक्क परेका थिए ।

गीत सकेपछि सीपकलीले आफूले गीत मार्फत कर्णालीको पीडा सुनाउन खोजे पनि धेरैले बुझन नसकेको बताइन् । ‘मैले भन्न खोजेको कुरा यहाँको मान्छेले भाका नबुझेको जस्तो लाग्यो, मलाई अब कृष्ण कँडेलको इन्द्रेणीमा जान मन छ,’ अनलाइनखबरसँग बुढाले बताइन् ।

पेशाले महिला स्वंयसेविका भए पनि उनी अहिले काठमाडौंमा जुम्लामा महिलाहरुले हातले बुनेको कपडा बेच्दै हिँड्छिन् ।

‘हाम्रो गाउँपालिकाले महिलाहरुलाई हातले कपडा बुन्ने तालिम दिने गरेको छ । एकल महिला, द्वन्द्व पीडितहरुलाई तालिम दिएको छ । उनीहरुले बुनेको कपडा स्विटर, टोपी, गलबन्दी यहाँ ल्याएर मैले बेच्दै हिँड्छु,’ सीपकलीले बताइन् ।

भूकम्पको बेला आफू काठमाडौंमै भएकोले मानवीय क्षति नभएपनि घर,गोठ भत्किएको बताइन् । ‘भूकम्प आउँदा जुम्ला भएको भए मर्थे कि बाँच्थे थाहा छैन । हाम्रा आफन्तहरु थुप्रै परेका छन्, जाजरकोट तिर,’ उनले भनिन् ।


Source: Online Khabar
Comment As:

Comment (0)