•   Sunday, 20 Oct, 2024

राष्ट्रिय सभा चुनाव : उम्मेदवारी दर्ता पुस २३ गते 

this
Generic placeholder image
  

१७ मंसिर, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ ।

हेर्नुहोस् विज्ञप्ति :


Source: Online Khabar
Comment As:

Comment (0)