•   Sunday, 20 Oct, 2024

अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस

this
Generic placeholder image
  

१७ मंसिर, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको छ ।

यसअघि बढुवा सिफारिसका लागि जंगीअड्डाले सूचना निकालेका उपरथी ताराध्वज पाण्डेले उमेर विवाद सतहमा आएपछि राजीनामा दिएका थिए ।

पाण्डेले उमेर घटाउन परीक्षा नियन्त्रण कार्यालयको ढड्डामा केरमेट गरेको विवरण अनलाइनखबरले १६ कात्तिकमा सार्वजनिक गरेको थियो । यसबारे छानबिन सुरुभएपछि पाण्डेले राजीनामा दिँदा वरिष्ठ उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सेनाले सूचना निकालेको थियो ।

सूचना निकालेको सात दिनपछि जंगीअड्डाले बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश भएर निर्णय हुनेछ । सिग्देल रथीमा बढुवा भए हालका प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सेना प्रमुख हुने रोलक्रममा आउनेछन् ।


Source: Online Khabar
Comment As:

Comment (0)