•   Sunday, 20 Oct, 2024

इलाम पेनाल्टीमा चुकेको खेल (तस्वीरहरु)

this
Generic placeholder image
  

१७ मंसिर, काठमाडौं । स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ । आइतबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा बुटवलले इलामलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलमा इलामले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो । खेलको ४९ औं मिनेटमा बुटवलले गोल गरेको थियो भने ५७ औं मिनेटमा इलामले बराबरी गोल गर्ने अवसर पाएको थियो । फोडे कमाराले हानेको पेनाल्टी बुटवलका गोलकिपर मोहोमोदउले डाइभ हानेर बचाए ।

खेलको ७६ औं मिनेटमा बुटवल फेरि भाग्यमानी साबित भयो । गौरव श्रेष्ठले दायाँ साइडबाट आएको क्रस जोगाउन खोज्दा फर्स्ट  बारमा लागेर आत्मघाती गोल हुनबाट जोगियो ।

तर लगत्तै इलाम गोल गरेर खेल बराबरीमा ल्याएको थियो । अन्तिम समयमा बुटवलका एरिक विष्टले उत्कृष्ट फ्रि किकमा गोल गरेर टिमको जित निश्चित गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु  


Source: Online Khabar
Comment As:

Comment (0)