•   Sunday, 20 Oct, 2024

तुहियो दुर्गा प्रसाईको आन्दोलन, के भन्छन् ऋणी ?

this
Generic placeholder image
  
  • एलिसा अर्याल

काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनका बेला २०६२–६३ को आन्दोलन हुनुअघि विभिन्न राजनीतिक दलहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका थिए । तर आन्दोलन कसैले पत्याएन । नागरिक समाजले आह्वान गर्दै सडकमा उत्रिएपछि आन्दोलनको उभार बढ्दै गएको थियो । अहिले मेडिकल व्यवासायी दुर्गा प्रसाईँले पनि वर्तमान व्यवस्था नै ढाल्ने भन्दै मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका थिए । तर, उनले ल्याएका कार्यकर्ताले नै प्रसाईंको साथ छाडेका छन् । यससँगै राजाको नाममा ठूलै जनप्रदर्शन हुन र गणतन्त्र उल्टिन सक्दछ भन्ने राजावादीहरूको भ्रम पनि टुटेको छ ।

यद्दपी, आन्दोलनको पहिलो दिन मंसिर ७ गते बल्खुमा प्रसाईले राम्रै भीड जम्मा गरेका थिए । आफ्नो पक्षमा भीड देखिएर हौसिएका प्रसाईले व्यवस्था परिर्वतन नभएसम्म आन्दोलन जारी राख्ने उद्योष गरे । सोही अनुसार उनी कहिले तिनकुने, कहिले भक्तपुर, सिफल, गौशला, लगनखेललगायतका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएका छन् । तर , प्रसाईंले हल्ला गरेजस्तो उनको पक्षमा कुनै माहोल देखिदैन । लघुबित्तका ऋणीहरुका अबस्था र बाध्यताका कुरा उठाए आन्दोलन गरिरहेका प्रसाई फिका सावित भएका छन् । यता, सरकार र अन्य राजनीतिक दलका नेताहरुले जनताले बैंकमा जम्मा गरेको रुपैयाँ ऋण लिने अनि तिर्दिन भन्न पाइदैन, बैंकको रुपैयाँ त जनताले आफुले मुस्किलले जम्मा गरेको रुपैयाँ पो हो भनि जनतालाई सन्देश प्रवाह गर्दा अहिले दर्गा प्रसाईको आन्दोलनमा आएकाहरु वास्तविकता बुझेर फर्किने क्रममा छन् ।

यद्दपी, दुर्गा प्रसाईले यो हदसम्मको प्रयास गर्नुपछाडी शीर्ष नेताहरुकै हात छ । एउटा व्यापारीलाई विगतमा दिएको स्पेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लज्जित हुनुपर्ने अवस्था छ ।


Source: News24Nepal
Comment As:

Comment (0)