•   Sunday, 20 Oct, 2024

सकिँदैछ जनताको अल्टिमेटम, कहिले आउँछ काठमाडौंमा मेलम्ची ?

this
Generic placeholder image
  

काठमाडौं । काठमाडौंबासिले गत मंगलबार एकसाता भित्रै मेलम्चीको पानी काठमाडौं नझारे आन्दोलन गर्ने सरकारलाई चेतावनी दिए ।

जनस्तरबाटै कडा चेतावनी आएपछि खानेपानीमन्त्री महिन्द्रराय यादवले मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरे । अर्थमन्त्रीसँगको भेटपछि मन्त्री यादवले मेलम्चीको पानी चाँडो भन्दा चाँडो काठमाडौं झार्ने अश्वसन दिए ।

काठमाडौंबासीबाट आक्रोश र आन्दोलन गर्ने चेतावनी नै आएपछि मन्त्री यादव तत्काल मेलम्ची खानेपानी अयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोकतर्फ लागे ।

उनी केही दिन देखि बाढीबाट क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमन गरिरहेका छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि मेलम्चीको पानी काठमाडौँ झार्ने अभियानमा कस्सिएका छन् मन्त्री यादव ।

उनी आयोजनाकै लागि विभिन्न व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुटिरहेका छन् । यद्यपि पानी काठमाडौंबासीले दिएको अल्टिमेटमसम्ममा काठमाडौं झर्ने सम्भावना छैन ।

किनीकी काठमाडौंबासीले मन्त्री यादवलाई एक हप्ता अर्थात मंगलबारसम्म मात्रैको अल्टिमेट दिएका छन् ।

बाढीले धेरै क्षति पुर्याएको पूर्वाधारहरु पुनःनिर्माणका लागि सरकारले तत्कालै तदारुकता नदेखाउँदा तुरुन्त निर्माण सम्पन्न हुने अवस्था छैन । सरकारले भने निर्माण कम्पनीको सुस्तताका कारण ढिलाइ भइरहेको दावी गरेको छ ।

अब मन्त्री नै फिल्डमा उत्रिएकाले पानी काठमाडौंमा चाँडै आउने आशा धेरैलाई छ । शनिबार फिल्डमै रहेका मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी खुवाउन आयोजनाका कर्मचारीलाई निर्देशनसमेत दिए । तर कर्मचारीहरुबाट बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले काठमाडौँमा पानी यो अवधिमै आउँछ भन्ने यकीन भन्न नसकिने जवाफ आयो । ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भएपनि काम गराई मेलम्ची चाँडै काठमाडौं पुर्याउने मन्त्री यादवको जिकिर छ ।

मन्त्री यादवले एक महिना भित्रमा काठमाडौँ पानी पु¥याउने लक्ष्य रहेको दावी गरे । उता हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले केन्द्र सरकारकै कमजोरीका कारण मेलम्चीको पानी काठमाडौं झार्न समय लागेको आरोप लगाए ।

काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट समेत पूर्णरुपमा सहयोग भइरहेको उनको जिकिर छ । बरु पटक पटक बन्ने सरकारले विभिन्न सम्झौता गरिदिने तर कार्यान्वयन नगर्नाले खानेपानी काठमाडौं झार्न अफ्ठ्यारो परेको अध्यक्ष शेर्पाको दावी छ ।

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षती पु¥याएको थियो । क्षति पु¥याएका संरचना मर्मत गरेर काठमाडौँमा पानी पठाउनुपर्ने अवस्था छ । मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना मध्येको एक हो ।

यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य लिएको छ । वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पहिलो पटक काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए ।

त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गर्यो । तर अझैसम्म मेलम्चीले पूर्णता पाउन सकेको छैन ।

वि.स. २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौमा झारे । यो सँगै मेलम्चीको पानी पिउने काठमाडौबासीको सपना पुरा भएको भनियो । तर ०७८ सालको असार र साउनमा आएको आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो ।

क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। तर सरकारले पहिला जस्तै बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गतेबाट मेलम्चीको पानी ल्याउन बन्द ग¥यो।

बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो।

क्षति मर्मतपछि पोहोर सालको मंसिदेदेखि पानी वितरण भयो । फेरि मेलम्ची खानेपानी विकास समितिले वर्षामा पनि मेलम्चीको पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन बन्द ग¥यो।

सो संरचना मर्मतपछि उपत्यकामा पानी पनि आयो। त्यसयताको वर्षातमा पनि पानी काठमाडौं आउने दावी गरियो । तर पानी आउन सकेन । त्यसपछि अहिले काठमाडौंबासीहरु आक्रोशित छन्।


Source: News24Nepal
Comment As:

Comment (0)