•   Sunday, 20 Oct, 2024

एउटै शौचालयका लागि छुट्याएको पाँच करोड बजेट कटौती गर्छौं : मन्त्री उप्रेती

this
Generic placeholder image
  

१८ मंसिर, विराटनगर । एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ ।

इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेट कटौती गर्ने तयारी भएको कोशी प्रदेशकमा पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताए ।

आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका उप्रतीले शौचालयको बजेट कटौती गरी इलामकै पर्यटकीय क्षेत्रमा खर्च गरिने बताए ।

मुख्यमन्त्री केदार कार्कीले बजेटबारे उठेका प्रश्नको प्रदेशसभामा जवाफ दिने क्रममै कानुनको सुविधा प्रयोग गरेर बजेट कटौती गर्ने बताएका थिए ।

मन्त्री उप्रेतीले शौचालय निर्माण शीर्षकमा छुट्टिएको ५ करोड रकममध्ये ५० लाख मात्र सोही प्रयोजनमा खर्च गर्ने बताए । बाँकी रकम इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने तयारी भएको जानकारी दिए ।


Source: Online Khabar
Comment As:

Comment (0)