•   Saturday, 19 Oct, 2024

प्रस्तावित ३ न्यायाधीशविरुद्ध ९ वटा उजुुरी

this
Generic placeholder image
  

१८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीशविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी परेका छन् ।

९ मंसिरमा बसेको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोमबारसम्म तीन जना न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेको हो ।

५ मंसिरमा बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध पाँच उजुरी परेको छ । टेकप्रसाद ढुंगाना र अब्दुल अजिज मुसलमानविरूद्ध पनि उजुरी परेको छ ।

समितिका सहसचिव निर्मलादेवी लामिछाने (वस्ती)का अनुसार आगामी बिहीबार समितिको बैठक राखिएको छ । उक्त बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिनेछ ।

सहसचिव लामिछानेका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समय समेत बाँकी रहेको छ ।

‘समितिमा उजुरीहरु परेका छन् । उजुरी दिने समय अझै बाँकी छ । प्राप्त उजुरीहरुलाई एकीकृत गर्ने काम समिति सचिवालयले गरेको छ’ समितिका सहसचिव लामिछानेले अनलाइनखबरसँग भनिन् ।


Source: Online Khabar
Comment As:

Comment (0)