•   Saturday, 19 Oct, 2024

एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत, निर्णय भोलि गर्ने

this
Generic placeholder image
  

१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत भएका छन् । सोमबार सुरु सचिवालय बैठकमा नेताहरु महाधिवेशन सार्न सहमत भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘महाधिवेशन सार्न सबै नेता सहमत हुनुभयो । मितिबारे भोलि निर्णय हुनेछ’, खतिवडाले भने । उनका अनुसार, जाजरकोट भूकम्पका पीडितहरुको पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्न नेताहरु सहमत भएका हुन् ।

‘महाधिवेशनमा पेश गरिने दस्तावेजहरु पनि तयार हुन बाँकी छ भने भूकम्प प्रभावित क्षेत्रका नेताहरुलाई अहिले सदस्यता नवीकरणमै समस्या छ’, खतिवडाले भने ।

एकीकृत समाजवादीले आगामी १४–१८ माघमा महाधिवेशनको मिति तय गरेको थियो ।


Source: Online Khabar
Comment As:

Comment (0)