•   Saturday, 19 Oct, 2024

बारेकोटको व्यथा : भूकम्पमा सबै सकुशल, त्रिपालको बसाइपछि १२ को मृत्यु

this
Generic placeholder image
  

गत कातिक १७ गते मध्यराति गएको भूकम्पको केन्द्रविन्दु बारेकोटको रामीडाँडा थियो । जाजरकोटका अन्य स्थान, रुकुम पश्चिम, सल्यान लगायतमा गरी डेढसय भन्दा बढीको ज्यान गयो । तर इपिसेन्टर बारेकोटमा कसैको हातहती भएन । ४ जना घाइते मात्र थिए । उनीहरू पनि उपचारपछि घर फर्के । घर भत्केपछि स्थानीय सबैको बास त्रिपालमुनि हुन थाल्यो । त्रिपालमा बस्न थालेपछि भने बारेकोटमा व्यथा बढेको छ । यो एक महिनामा मात्र त्रिपालमा बस्दा चिसो लागेर बारेकोटमा मात्रै १२ जनाको मृत्यु भएको छ ।
Source: Kantipur

Comment As:

Comment (0)