•   Saturday, 19 Oct, 2024

तस्वीरमा हेर्नुहोस् झापा र काठमाडौं प्रतिस्पर्धा

this
Generic placeholder image
  

१८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सोमबार झापा एफसी र काठमाडौं रेजर्सले गोलरहित बराबरी खेलेका छन् । खेलमा दुबै टोलीले गोलको धेरै अवसर सिर्जना गर्न सकेनन् र पाएका केही अवसरलाई पनि गोलमा परिणत गर्न सकेनन् ।

काठमाडौंको यो दोस्रो बराबरी हो । पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो । तीन खेलबाट ५ अंक रहेको काठमाडौंले दोस्रो स्थानको ललितपुर सिटी र तेस्रो स्थानको पोखरा थण्डर्स समान ५ अंक जोडेको छ । उता झापा भने अहिलेसम्म जितविहीन छ । पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो । झापा २ अंकसहित आठौं स्थानमा छ ।

हेर्नुहोस् तस्वीरहरु  


Source: Online Khabar
Comment As:

Comment (0)