•   Saturday, 19 Oct, 2024

एनएसएलमा आज ललितपुर र वीरगञ्जबीच प्रतिस्पर्धा हुने

this
Generic placeholder image
  

१९ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

ललितपुर आफ्नो चौथो खेल खेल्दैछ भने वीरगञ्जको यो तेस्रो खेल हो । ललितपुर एक जित र दुई बराबरीबाट ५ अंकसहित दोस्रो स्थानमा छ ।

अनन्त तामाङ कप्तान तथा मार्की रहेको ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ । ३ खेलबाट ७ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

पहिलो खेलमा बुटवल लुम्बिनीलाई सहजै हराएको ललितपुरले त्यसपछि भने पोखरा थण्डर्स र धनगढी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

उता नयाँ टोली वीरगञ्ज अझै जितिविहीन छ र पहिलो जितको खोजीमा छ । गोलकिपर दीप कार्की मार्की तथा कप्तान रहेको वीरगञ्जले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो ।

दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगञ्ज युनाइटेड धनगढी एफसी र एफसी चितवनसँग समान २-१ ले पराजित भएको थियो ।


Source: Online Khabar
Comment As:

Comment (0)