•   Saturday, 19 Oct, 2024

इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार पुग्योः हमास

this
Generic placeholder image
  

१९ मंसिर, काठमाडौं । इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बीबीसीका अनुसार मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म थप ३४९ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालय हमासले सञ्चालन गरिरहेको छ ।

मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका हमासले जनाएको छ ।

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गर्दा १२०० इजरायलीको मृत्यु भएको थियो । हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा फर्काएको थियो ।

लगत्तै इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ ।

शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो।


Source: Online Khabar
Comment As:

Comment (0)