•   Saturday, 19 Oct, 2024

जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजदेखि

Generic placeholder image
  

१९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजदेखि सुरु हुँदैछ । रुपन्देहीको श्रीलंका गेष्ट हाउसमा तीन दिनसम्म पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश समिति इन्चार्ज राजकिशोर यादव, विज्ञ परिषद्का प्रमुख डा. पुष्पराज राजकर्णिकार, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, संघीयताका जानकार कृष्ण हाछेथुलगायतले प्रशिक्षण दिने जसपाले जनाएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रतिनिधि गरी १२५ जना प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।


Source: Online Khabar
Comment As:

Comment (0)