•   Saturday, 19 Oct, 2024

एनसेल प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी छैन, बुझ्दैछु : अर्थमन्त्री महत

this
Generic placeholder image
  

१९ मंसिर, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन् । यसको समग्र स्थिति बुझ्ने क्रममा रहेको उनले बताए ।

‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं,’ चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले भने, ‘समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रुपमा भन्न सकिन्छ ।’

उनले यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण रहेको भन्दै सरकारलाई आधारिक जानकारी नआइसकेको बताए । ‘अहिले जे प्रकाशित भएको छ, आधिकारिक रुपमा सरकारलाई जानकारी गराइसक्या अवस्था पनि छैन, हाम्रो तहमा आइसक्या अवस्था पनि छैन,’ उनले भने । यद्यपि कर छलीको विषयमा आफूले सरोकारवाला निकायसँग छलफल गरेको उनले बताए ।

उनले अहिले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए ।


Source: Online Khabar
Comment As:

Comment (0)