•   Saturday, 19 Oct, 2024

एकीकृत समाजवादीको सचिवालय बैठक दोस्रो दिन पनि जारी

this
Generic placeholder image
  

१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालयमा जारी छ । सोमबार बसेको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा निर्णय लिन नसकेपछि मंगलबार पुनः बैठक बसेको हो ।

पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार आजको बैठकले महाधिवेशनको दोस्रो मिति तय गर्ने छ । सोमबार बसेको बैठकमा कार्यतालिका सार्वजनिक भइसकेको राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेर सकिएको थियो ।

आगामी १४ देखि १८ माघमा गर्ने भनेर घोषणा भएको पार्टीको महाधिवेशनको मिति सार्ने विषयमा निर्णय लिन नसकेका कारण मंगलबार बैठक पुनः बोलाइएको हो ।


Source: Online Khabar
Comment As:

Comment (0)