•   Saturday, 19 Oct, 2024

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड मधेशमा

this
Generic placeholder image
  

१९ मंसिर, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् ।

उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् ।

 

प्रशिक्षण कार्यक्रममा मधेशको आठवटै जिल्लाबाट १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

पार्टीको ‘जनतासंग माओवादी’ तीनमहिने विशेष रुपान्तरण अभियान पार्टीको आन्तरिक रणनीति लगायतको विषयमा प्रशिक्षण हुने उनले बताए ।


Source: Online Khabar
Comment As:

Comment (0)