•   Saturday, 19 Oct, 2024

सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

this
Generic placeholder image
  

१९ मंसिर, धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपालस्थित इजरायली राजदूत हानान गोडर गोल्डबर्गरसँग भेटवार्ता गरेका छन् । संघीय राजधानी काठमाडौमा रहेका मुख्यमन्त्री शाहले मंगलबार राजदूत गोडर गोल्डबर्गरसँग भेटवार्ता गरेका हुन् ।

सो क्रममा राजदूत गोडरले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधनमा दुःख व्यक्त गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहले हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका विपिन जोशीको खोजी कार्यमा आवश्यक सहयोग गरिदिन राजदुतसँग आग्रह गरेका छन् ।

शाहले हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीका परिवारलाई इजरायल सरकारकोतर्फबा राहत र क्षतिपूर्तिको व्यवस्थाका लागि समेत पहल गरिदिन अनुरोध गरेका थिए भने मृतकका परिवारसँग भेटका लागि पनि अनुरोध गरेका छन् ।

इजरायलमा हमासको आक्रमणमा परेर ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

उनीहरुसँगैका कञ्चनपुरका विपिन जोशी बेपत्ता भएका थिए । उनको अवस्था हालसम्म अज्ञात रहेको छ ।


Source: Online Khabar
Comment As:

Comment (0)