•   Saturday, 19 Oct, 2024

यू–१९ टोलीले दुई दिनमै पुरस्कार रकम पाउँछ : खेलकुदमन्त्री

this
Generic placeholder image
  

१९ मंसिर, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् ।

यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदमन्त्रीलाई पनि बोलाएको थियो । कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले पूर्व घोषित पुरस्कार आए खेलाडीहरुलाई उर्जा मिल्ने बताएका थिए ।

खेलाडीहरुलाई शुभकामना दिने क्रममा मन्त्री लिम्बुले पुरस्कार रकम दुई दिनमै खेलाडीहरुको बै‌क खातामा पठाइने बताए । उनका अनुसार यसै कार्यक्रममा नै हस्तान्तरण गर्न सकिन्छ कि भनेर प्रयास भएको थियो । तर विभिन्न कारणले सम्भव नभएको भन्दै मन्त्री लिम्बुले भने, ‘अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । २ दिनभित्र खेलाडीहरुको खातामा पैसा आउँछ । उच्च मनोबलका साथ जानुस् ।’

यू–१९ विश्वकपमा छनोट भएपछि सरकारले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।


Source: Online Khabar
Comment As:

Comment (0)