•   Thursday, 19 Sep, 2024

महामन्त्रीहरुमा परिपक्वता देखिएनः मुख्यमन्त्री कार्की

this
Generic placeholder image
  

१९ मंसिर, काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा प्रति आक्रोश व्यक्त गरेका छन् ।

ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलनमा बोल्ने क्रममा आफू मुख्यमन्त्री हुँदा पार्टी भित्रका केहीलाई नपचेको आरोप लगाए । सत्ता गठबन्धन विच कोशीको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति बनेको थियो । त्यसको विरुद्धमा कार्कीले नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका थिए । महामन्त्री थापा र शर्माप्रति संकेत गर्दै उनले भने,‘अरुले नै लगिसकेको मुख्यमन्त्री मैले खोसेर ल्याउँदा केही मान्छेलाई पचेन । बोमिट आयो ।’

मंगलबार भएको सम्मेलनमा सभापति शेरबहादुर देउवा नेता डा. शेखर कोइराला, महामन्त्री थापा, सहमहामन्त्री भीष्म आङ्देम्बे लगायतका नेता ओखलढुङ्गा पुगेका थिए । दुई महामन्त्रीप्रति असन्तुष्टी जनाउँदै कार्कीले सम्मेलनमा भने,‘महामन्त्रीहरुको म्याचुरिटी देखिरहेका छैनौं । अर्कौ समनान्तर विद्रोही कार्यक्रम गर्दै हुनुहुन्छ । महामन्त्रीले द्धन्द्ध व्यवस्थापन गर्ने हो । द्धन्द्ध सिर्जना गर्ने होइन ।’

कार्कीले पार्टी सभापति देउवाको भने प्रशंसा गरे । माओवादीलाई एमालेसँगको सत्ता सहकार्यबाट टुटाउन सभापति सफल रहेको भन्दै प्रशंसा गरे । देउवा पुन सभापति नहुने भन्दै ‘आउट गोइङ’ सभापतिलाई सम्मान गर्न नेताहरुलाई सुझाव दिए । नेता शेखर निकट कार्कीले भने,‘शेखर दाइ र गगन जीलाई भन्न चाहन्छु । गोइङ सभापतिलाई सम्मानसाथ विदा गर्नुस् । पार्टीलाई एक ढिक्का बनाएर भोली जनताको कांग्रेस बनाउनुस् ।’


Source: Online Khabar
Comment As:

Comment (0)