•   Friday, 18 Oct, 2024

शौर्य सिमेन्ट उद्योगले क्लिङ्कर भारत निर्यात थाल्यो

this
Generic placeholder image
  

काठमाडौँ । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात गर्न सुरु गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मिति यही मंसिर १६ गतेदेखि क्लिङ्कर औपचारिक रुपमा भारत निर्यात गर्न थालेको हो ।

उद्योगले माघ २०७८ बाट व्यावसायिक उत्पादन सुरुवात गरको थियो । यस उद्योगको क्षमता ३००० मे.ट. रहेको छ । व्यावसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपिसी (५३ ग्रेड, ४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।


Source: News24Nepal
Comment As:

Comment (0)