•   Thursday, 19 Sep, 2024

आकाशमा गुड्ने कार अर्थात् ‘पोड वे’ नेपालमा भित्र्याउने तयारी

this
Generic placeholder image
  
  • गणेशमान बसेल

काठमाडौँ । तपाईलाई सार्वजनिक यातायात भन्ने बित्तिकै के कुराको याद आउँछ ? उही अस्तव्यस्त सवारी साधन, कुनैपनि बेला सेवा लिँदा धेरै समय लाग्ने, कठिन यात्रा गर्नुपर्ने आदि इत्यादि । अब चिन्ता नलिनुस्, सार्वजनिक यातायातको क्षेत्रमा अब नयाँ प्रविधि आकाशमा गुड्ने स्काई कार भनेर चिनिने ‘पोड वे’ नेपालमा भित्रिने भएको छ । के हो ‘पोड वे’ सेवा र कहिले सञ्चालन हुँदैछ त ?

पोड वे चलाउन रेलको जस्तै निश्चित ट्रयाक चाहिन्छ, जुन जमिनभन्दा माथि हुन्छ । त्यस्तै यात्रुलाई ओराल्न र चढाउन ठाउँ ठाउँमा स्टेसनहरू राखिएका हुन्छन् भने जमिनमाथि हुने ट्रयाकलाई अड्याउन पोल राखिन्छ । सामान्य ७ देखि ४०–५० मिटर अग्लो स्थानमा त्यस्ता ट्रयाक राखिएका हुन्छन् । पोड वेको परियोजनाको डीपीआर तयार गर्दा स्टेसन र पोलको पनि डिजाइन गरिन्छ । तिनलाई कति माथि राख्ने, कस्तो स्टेसन बनाउने, पोल कस्तो राख्ने भन्ने कुरा ठाउँ अनुसार फरक हुने उक्त कम्पनीले जनाएको छ । उक्त आयोजना प्रति किलोमिटर ४० करोड नेपाली रुपैयाँमा सञ्चालन गर्न सकिने पोड वे कम्पनिले जनाएको छ । यसका लागि सरकारले नितिगत रुपमा मात्रै सहज गरिदिनु पर्ने कम्पनीको भनाई छ ।

त्यसो त नेपालमा पोड वे लाई सार्वजनिक यातायातका रुपमा विस्तार गर्नका लागि सरकारले आवश्यक नीति, नियम, अध्ययन तथा कार्यान्वयन गर्नसक्ने व्यवस्था गरिसकेको छ । यो आयोजना सडक सञ्जालमा नै विस्तार गर्न सकिने भएकाले सरकारले यसलाई नितिगत रुपमा सहज गरिदिए निजी क्षेत्रको लगानीमा नै छिट्टै नेपालमा पोड वे सञ्चालन गर्न सकिने देखिएको छ ।


Source: News24Nepal
Comment As:

Comment (0)