•   Tuesday, 17 Sep, 2024

वीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सञ्चालन

this
Generic placeholder image
  

२० मंसिर, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ ।

अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले बुधबारबाट वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत विशेषज्ञ क्लिनिक सेवा सुरु भएको बताए ।

ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा हप्ताको दुई दिन आइतबार र बुधबार सञ्चालन हुनेछ । उक्त सेवा विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुनेछ ।

यस्तै, राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि सुरु भएको छ । उक्त सेवा पनि साताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि १ बजेसम्म दिइने उनले बताए ।

यी सेवाबाट टाउकोको ट्युमर र मेरुदण्ड दुखाइलगायतका रोगबाट पीडित बिरामीले राहत पाउने अपेक्षा अस्पतालको छ । अझै उत्कृष्ट सेवा प्रदान गर्दै भविष्यमा यस्ता रोगको निदान तथा उपचारलाई अझ अत्याधुनिक र प्रभावकारी बनाउँदै लैजाने डा. थापाले बताए ।


Source: Online Khabar
Comment As:

Comment (0)