•   Tuesday, 17 Sep, 2024

नाफा कमाएर आजियाटाले नेपालमा वातावरण छैन भन्नु गैरजिम्मेवार : सांसद

this
Generic placeholder image
  

काठमाडौं । अरबौं रकम नाफा कमाएर बाहिरिने बेला एनसेलको स्वामित्वकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण छैन भन्नु गैरजिम्मेवार रहेको सांसदहरुले बताएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा सांसद डा. स्वर्णिम वाग्लेले यसबारे अर्थ समितिले आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्र काट्नुपर्ने बताए ।

‘आजियाटाले एनसेल सेयर बिक्रीबारे दुनियाँले थाहा पाउनेगरी तयार गरिएको दस्तावेजमै लगानीको वातावरण नभएको भनिएकाले आजियाटाको सीईओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ,’ उनले भने । एनसेलका नेपाली साझेदार भनिएका व्यक्तिले नेताहरुलाई नै घुमाइरहेको र तिनै साझेदारको हातमा अब एनसेल पूर्ण स्वामित्व जान लागेको उनको भनाइ छ । एनसेल खरिद-बिक्री सम्झौताका सर्त पनि अपत्यारिलो रहेको उनले बताए । आजियाटा कम्पनीका सीईओ, नेपाली साझेदार र अर्थमन्त्री समेतको उपस्थितिमा यसबारे छलफल हुनुपर्ने वाग्लेको भनाइ छ ।

सांसद दीपक खड्काले एनसेल प्रकरणले अर्थतन्त्र नै माफियाको हातबाट सञ्चालन भएजस्तो देखिएको बताए । ‘विदेशी लगानीकर्तालाई चिढायौं भने लगानीको वातावरण छैन, लगानी बाहिरिन्छ भन्यौं, तर अहिले तिनै कम्पनीले अरबौं कमाएपछि लगानीको वातावरण छैन भन्न मिल्छ ?’ उनले प्रश्न गरे । ६ वर्षपछि एनसेलको स्वामित्व नेपाल सरकारको हुँदै गर्दा कानुनी छिद्रको फाइदा उठाउँदै आजियाटा बाहिरिन खोजेको उनको भनाइ छ ।

सांसद विराजभक्त श्रेष्ठले नेपालमा लगानीको वातावरण छैन भनेर आजियाटाले दिएको गैरजिम्मेवार अभिव्यक्तिले लगानीको वातावरणमा असर पार्ने बताए । यसले नेपालको सार्वभौमिकतामा पनि आँच आउने उनले बताए ।


Source: Online Khabar
Comment As:

Comment (0)